श्री बौद्धनाथ क्षेत्र विकास समितिले आ.व. २०७०/७१ मा गरेका कार्यहरुको विवरणः–
१. समितिको वेभ साईट निर्माण ।
२. बौद्ध स्तूप परिसरमा बत्ती व्यवस्थापन, सी.सी. क्यामरा थप र साईरन जडान गरिएको ।
३. बौद्ध स्तूप परिसरमा बगैंचा व्यवस्थापन ।
४. बौद्ध स्तूपको डोम, मण्डला पर्खाल र माने पर्खालको चून खुक्याईने काम सम्पन्न ।
५. बौद्ध स्तूपको माने पर्खाल मर्मत तथा रङ्गरोगन ।
६. अजिमाथान पछाडिको (भित्ते चित्र लेखन) थाङ्का चित्र पुनरलेखन ।
७. श्री बौद्ध घ्याङ गुठीको कार्यालय निर्माण ।
८. श्री गुरु ल्हाखाङ गुम्बाको फ्रेम निर्माणमा सहयोग ।
९. पर्यटक शौचालय निर्माण ।
१०. परिवर्तन मार्गमा ढुङ्गा विछ्याएको र सडक बत्ती व्यवस्था गरिएको ।
११. पौराणिक कुवा तथा धारा मर्मत ।
१२. बौद्ध स्तूप परिसरमा (अजिमाथान अगाडि) तामाको कलात्मक धूपदानी स्थापना ।
१३. बौद्ध स्तूपको मुख्य प्रवेशद्वारमा पर्यटकहरुको स्वागतार्थ तामाको दुई वटा गाग्री स्थापना ।
१४. बौद्ध दर्शन र धर्म सम्बन्धी तपशिल बमोजिमको पुस्तक प्रकाशनः–
तपशिल
(क) षड्अक्षरी मणिमन्त्रको अनुशंसा र महत्व ।
(ख) झ्याङ्तेरको ढुपकोर नामसुम पुस्तक प्रकाशन ।
(ग) भगवान् बुद्धको संक्षिप्त जीवनी ।
१५. बौद्ध स्तूपको प्रवेशद्वार, स्तूप परिसरमा स्टीलको पोष्ट र मेच निर्माण ।
१६. विगतको आ.व.को रु. २६ लाख बरावरको वेरुजु फछ्र्योट ।
१७. नयाँ ब्रोसियरको निर्माण ।
१८. उपभोक्ता समितिसंग सहकार्य गरी बौद्धद्वार मार्गमा ढुङ्गा बिछ्याईएको ।
२०. मुगाली मार्गमा ढुङ्गा बिछ्याईएको ।
२१. बाचस्पतिन्द्रेश्वरमा ढुङ्गा बिछ्याईएको ।
२२. सान्धारा मन्दिर स्थित पौराणिक धारा मर्मत ।
२३. जनकल्याण मा.वि.को भवन ढलान ।
२२. काठमाण्डौ महानगरसंग तपशिल बमोजिमको सहकार्य ः–
(क) अरव बैंक पछाडि श्रमिक मार्गमा आर.सी.सी. ढलान ।
(ख) मुक्ति गल्लीमा ढुङ्गा बिछ्याईएको ।
(ग) चुच्चेपाटीमा ढुङ्गा बिछ्याईएको ।