Shree Boudhanath Area Development Committee

Past Activities

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आ.व. २०७०÷०७१ मा सम्पन्न गरिएका कार्यक्रमहरु :-
१.    मिति : २०७० भाद्र ७ गते – गाईजात्रा तथा रोपाईजात्रा भव्यरुपले सम्पन्न ।
२.    मिति : २०७० कार्तिक ९ गतेदेखि कार्तिक १४ गतेसम्म    – प्रथम बौद्धनाथ क्षेत्र विकास समिति खुल्ला ब्याडमेन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न ।
३.    मिति : २०७० मंंसीर २३ गते – श्रद्धेय लोप्साङ नाम्ग्याल रिन्पोछेज्यूको सान्निध्यतामा पूर्व संस्कृति मन्त्री श्री राम कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा ताइवानी बौद्ध धर्मावलम्बीहरुको समुपस्थितिमा विश्व शान्ति पूजा सम्पन्न । षड् अक्षरी मणिमन्त्रको महत्व र अनुशंसा नामक पुस्तकको लोकार्पण ।
४.    मिति : २०७० मंसीर ३० गते – ऐतिहासिक एवं सांस्कृतिक पर्व दीपंखा यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गरेको ।
५.    मिति : २०७० माघ १७ गते देखि १९ गतेसम्म – दोश्रो ल्होसार कप खुल्ला कराँते प्रतियोगिता सम्पन्न ।
६.    २०७१ बैशाख १ गते – ऐतिहासिक तेमालजात्रामा निःशुल्क स्वास्थ्य शिविर, प्रचार प्रसार, हेल्प डेक्स, स्वयम् सेवकलाई खानाको व्यवस्था, धुम्ती शौचालय, निःशुल्क पिउने पानीको व्यवस्था गरेको ।
७.    मिति २०७१ बैशाख ३० गते २५५८ औं बुद्ध जयन्तीको पावन अवसरमा श्रीलंकाका महामहिम राजदूत श्री डब्लु एम. सिनेविराथनाज्यूको प्रमुख आतिथ्यतामा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरु र चारैवटा बौद्ध परम्पराका धर्मगुरुहरुको समुपस्थितिमा “दैनिक जीवनमा बुद्ध धर्म” विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको ।
८.    मिति २०७१ बैशाख ३१ गते – सम्माननीय उपराष्ट्रपति परमानन्द झाज्यूको प्रमुख आतिथ्यतामा भगवान् बुद्धको पवित्र अस्तिधातु दर्शन कार्यक्रमको समुद्घाटन गरिएको ।

बुद्ध जयन्तीको पावन अवसरमा गरिएका कार्यक्रमहरु :-
(क) दौड प्रतियोगिता ।
(ख) चित्रकला प्रतियोगिता ।
(ग) बौद्ध महास्तूपमा झिलिमिलि बत्तीको व्यवस्था र बुद्ध जयन्तीको प्रचार प्रसार गरेको ।
(घ) रक्तदान कार्यक्रम ।

९.    मिति : २०७१ जेष्ठ ३१  गते – सागादावाको पावन अवसरमा निःशुल्क स्वास्थ्य शिविर र खानेपानीको व्यवस्था गरेको
१०.    मिति : २०७१ जेष्ठ ३१ गते – श्रद्धेय लोप्साङ नाम्ग्याल रिन्पोछेज्यूको बाहुलीबाट बौद्ध महास्तूपको सुप्रतिष्ठा पूजा (रब्ने) सम्पन्न भएको ।