शैया सामाग्री हस्तान्तरण कार्यक्रम

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा विश्वव्यापी फैलिएको कोरोना भाईरस (कोभिड –१९) संक्रमण फैलिएको विषम परिस्थितिमा समितिको तर्फबाट स्वास्थ्य सेवा मार्फत मानव सेवा गर्नु नै परम कर्तव्य मानि काठमाण्डौ महानगरपालिका वडा नं. ६, बौद्ध क्षेत्रका लागि स्तूपा सामुदायिक अस्पतालमा क्वारेन्टाईन व्यवस्थापन गर्न समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्यूले २० थान शैया र केहि आवश्यक सामग्री स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था कामपा वडा नं. ६, बौद्धका अध्यक्ष डा. गणेश योञ्जनज्यूलाई हस्तान्तरण गरियो ।

उक्त कार्यक्रममा समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्यूले राष्ट्रको यस संकटको घडीमा समितिले सहयोग गर्न पाउँदा गौरान्वित महशुस भएको र साथै यस घडीमा सबै पक्ष एकभई अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । कोभिड – १९ संगको लडाईमा अग्रपंतीमा रहि लडिरहेको चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुलाई दुरव्यवहार नगरी आम नागरिकहरुलाई सक्दो सहयोग गर्न पनि आब्हान गर्नु भयो । स्वागत मन्तब्य सहकारी संस्थाका महासचिव प्रदिन बम्जनज्यूबाट शुरुवात भएको औपचारिक कार्यक्रममा समितिका कार्यकारी निर्देशक बसन्त लामा, सदस्यहरु मायाडोल्मा लामा, मजेन्द्र सिंह, मोहन कुमार लामा (मनोज), अस्पताल निर्माण कमिटीका सदस्य श्याम खतिवडा, सहकारी संस्थाका कोषाध्यक्ष मान बहादुर लामा, कामपा कार्यपालिका तथा कामपा वडा नं. ६ बौद्धका सदस्य लक्ष्मी श्रेष्ठ, कर्मचारी र पत्रकारहरुको उपस्थितिमा स्तूपा सामुदायिक अस्पतालका निर्देशक डा. स्वस्ती कर्मचार्यले छोटो मन्तब्य सहित सहयोगी समितिलाई कदर पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रम समापन कार्यक्रमका सभापतित्व गर्नु भएका स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष डा. गणेश योञ्जनज्यूले सहयोगी समितिलाई विशेष धन्यवाद सहित उक्त सामग्रीको सहि सदुपयोग गरिने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।