युनेस्कोको रियाक्टिभ मनिटरिङ्ग मिसनको अनुगमन

युनेस्कोको रियाक्टिभ मनिटरिङ्ग मिसनको अनुगमन तथा अवलोकन कार्यक्रम आज विश्व सम्पदा बौद्ध स्तुपमा पनि सम्पन्न भएको छ।मिसनलाई बौद्धनाथ क्षेत्र विकासका पदाधिकारीहरूद्वारा स्वागत।

Ambassdor at large for international religious Freedom Forum USA का Ambassador Mr. Sam Brownback का टिमले 2 nov, 2019 ma बौद्ध स्तूप भ्रमण गर्नु भएको छ। बिहान १२ बजे बौद्ध पाल्नु भएका Sam को टिमलाई बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष चन्द्रमान लामा सहितका पदाधिकारी ,समाजसेवी, बुद्धिजीवी,पत्रकारको समुहले स्वागत गर्नु भएको छ। बौद्ध आउनु अघि Sam को टिम पशुपतिको पनि भ्रमणमा रहनु भएको भ्रमण स्रोतले जनाएको छ। स्रोतले Sam को यो भ्रमणलाई सद्भावना भ्रमण भनेको छ। बौद्ध स्तूप भ्रमणको क्रममा ambassador Sam ले बौद्ध स्तुपको र गौतम बुद्धको बारेमा जिज्ञासा राख्नु भएको थियो।

Mr. Sam को जिज्ञासालाई सम्मान गर्दै समितिको अध्यक्ष चन्दमानले यसको एतिहासिक पक्ष ,धार्मिक महत्व र गौतम बुद्धको बारेमा प्रष्ट पार्नु भएको छ। Ambassador Sam ले स्तूप भ्रमणकै क्रममा दिप( छ्योमे) प्रज्वलन गर्दै विश्व शान्तिको कामना गर्नु भएको छ। स्तूप भ्रमण समापन पछि राजदुत Sam को टिमको सम्मानमा बौद्धनाथ क्षेत्र विकास समितिले lunch कार्यक्र्मको आयोजना गरेको थियो।
कार्यक्रममै राजदुत Sam लाई बौद्धनाथ क्षेत्र विकास समितिले मायाको चिनो स्वरूप गौतम बुद्धकै प्रतिमा अध्यक्ष चन्द्रमान लामा मार्फत राजदूत Sam लाई प्रदान गरिएको छ।

समय छोटो भएको हुँदा राजदुत Sam सङ्ग अन्य औपचारिक कुराकानी गर्न नसकिए पनि “यो भ्रमणले सद्भाव र साझेदारीको भुमिका दह्रो हुने कुरामा विस्वस्त रहेको हुँदा नेपाल भ्रमण बर्ष २०२० लाई सम्बोधित सन्देशको रूपमा लिईने” भन्नू भएको छ समितिका कार्यकारी निर्देशक बसन्त लामाले।

फोटो रिपोर्टिङ ।