भुटानका प्रधानमन्त्री छिरिङ तोप्गेज्यु बाट बौद्ध महास्तूपको अवलोकन

मिति २०७१ मंसीर ९ गते साँझ ४ः३० बजे भुटानका प्रधानमन्त्री छिरिङ तोप्गे विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महास्तूपमा आउनुभयो । उक्त अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुले उहाँको भव्य स्वागत गरे । उहाँले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नु भयो र उहाँलाई मायाको चिनो स्वरुप गुरु पद्मसम्भवको मूर्ति प्रदान गरियो । प्रधानमन्त्री छिरिङ तोप्गेले बौद्ध महास्तूपमा बौद्ध परम्परा अनुसार दीप प्रज्वलन गर्नुभयो र साथै बौद्ध महास्तूपको अवलोकन गर्नु भयो ।