पदाधिकारीहरु नियुक्ती

नेपाल सरकार मन्त्री स्तरिय निर्णयानुसार मिति २०७५-११-२ गते श्री बौद्धनाथ क्षेत्र विकास समितिको गठन आदेश २०५३ को दफा ३ (२) बमोजिम ४ वर्षको लागि तपशिल बमोजिमको पदाधिकारीहरुलाई नियुक्ती गरिएको छ ।

साथै मिति २०७५-११-३ का दिन नवनियुक्त अध्यक्ष श्री चन्द्रमान लामाज्यू, कार्यकारी निर्देशक श्री बसन्त लामाज्यू लगायत सात सदस्यीय पदाधिकारीहरुलाई बौद्ध क्षेत्रका स्थानीय समाजसेवीहरुको एक जत्थाले कार्यालय प्रवेश गर्न साथ दिनु भएको थियो । पूर्व अर्थ राज्यमन्त्री श्री ल्हाक्र्याल लामाज्यूले कार्यालयको प्रवेशद्वारामा स्वागत गरी बौद्ध परम्परा अनुसार मंगलपाठ गरी कार्यालय प्रवेश गराईयोे । सोही दिन उहाँहरुले आ–आफ्नो पद्भार सम्हाल्नु भई स्थानीय समाजसेवीहरुको उपस्थितिमा पहिलो बैठक बसी विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महास्तूपको मूल प्रवेशद्वार रङ्गरोगन तथा मर्मत कार्य र बौद्ध स्तूप परिसर सरसफाई गर्ने सो बैठकबाट निर्णय पनि गरियो ।