बजेट सार्वजनिक तथा सम्मान कार्यक्रम

आज मिति २०७२ श्रावण १६ गतेका दिन यस श्री बौद्धनाथ क्षेत्र विकास समितिले आ.व. २०७२/७३ को वार्षिक वजेट तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका पूर्व मन्त्री माननीय रामकुमार श्रेष्ठज्य, विशेष अतिथिहरु चिनियाँ राजदूतावासका राजदूत महामहिम वु चुन्ताईज्यू, लुम्बिनी स्थित चिनियाँ गुम्बाका धर्म गुरु श्ज्इल्न् थ्इल्न् ज्यू, जापानका लागि पूर्व राजदूत डा. गणेश योञ्जनज्यू, तथा विभिन्न संघ संस्थाको प्रतिनिधि र राजनैतिक पार्टीका प्रतिनिधिहरुको उपस्थितिमा समितिका अध्यक्ष श्री सम्पूर्ण कुमार लामाको अध्यक्षतामा सम्पन्न भयो ।

समितिको आ.व. ०७२/७३ को वार्षिक वजेट तथा आ.व. २०७१/७२ को प्रगति विवरणहरु समितिका कार्यकारी निर्देशक श्री फुबुयाङजी लामाज्यूले पेश गर्नु भयो । उक्त कार्यक्रममा अतिथिहरुलाई समितिका सदस्य श्री कृष्ण बहादुर लामाज्यूले स्वागत मन्तव्य राख्नु भयो । समितिका उत्कृष्ट कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र प्रमुख अतिथिज्यूको बाहुलीबाट वितरण गरियो । साथै चिनियाँ राजदूत महामहिम वु चुन्ताईले नेपालको पुनःनिर्माणमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्तगर्नु भयो । यस कार्यक्रममा केही झलकहरुः–