पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका माननीय मन्त्री कृपासुर शेर्पाज्यू बौद्ध महास्तूप अवलोकन

मिति २०७२ साल बैशाख १२ र २९ गते गएको महाभूकम्पले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महास्तूप क्षति पुगेको र सो क्षतिबारे अनुगमन तथा निरीक्षण गर्न मिति २०७२ साल आषाढ ३० गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका माननीय मन्त्री कृपासुर शेर्पाज्यू बौद्ध महास्तूप पाल्नु भएकोले वहाँलाई श्री बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । साथै श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा होटल हार्मिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।