दशमी पूजाको पावन अवसरमा गुरु रिन्पोछेको मूर्ति बौद्ध महास्तूप परिक्रमा

मिति २०७१ मंसीर १५ गते परम्परागत गुरु रिन्पोछेको दशमी पूजाको पावन अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समिति र श्री बौद्ध घ्याङ गुठीको संयुक्त आयोजनामा गुरु रिन्पोछेको मूर्ति लामा बाजागाजासहित बौद्ध महास्तूप परिक्रमा गराईयो । उक्त अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिबाट प्रभात फेरी कार्यक्रममा सहभागीहरुलाई चियापानको व्यवस्था गरिनुको साथै लामागुरुहरुलाई झोला, दक्षिणा र लामा पोशाक दान स्वरुप प्रदान गरियो ।