“तेमालजात्रा” (बौद्ध जात्रा) – २०७३

बौद्ध महास्तूप परिसरमा ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिकपर्व “तेमालजात्रा” (बौद्ध जात्रा)–२०७३ सम्पन्न ।

बौद्धमार्गी तामाङ समुदायको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिकपर्व “तेमालजात्रा (बौद्ध जात्रा) विहिबार बौद्ध महास्तूपबाट शुरु भएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशी तिथिमा दिवङगत पितृहरुको स्मरणमा नाङसल बत्तीबालीलामा गुरुहरुद्वारा ङोवा (पूजापाठ) गर्ने प्रचलनछ । यो जात्राचैत्र पूर्णिमाको अघिल्लो दिनबौद्ध महास्तूपमा र पूर्णिमाको दिनबाईसधारा बालाजुमा स्नान गरी स्वयम्भु र नागर्जुनमागई पूजापाठ गर्ने प्रचलन रहेको छ । बत्तीबाली पूजापाठ गर्नाले मृतकको आत्माले चिर शान्ति तथा मोक्ष प्राप्तगर्ने र आफन्तजनहरुको समेत मानोकांक्षा पूरा हुने धार्मिक कथन रहँदै आएको छ ।

जात्रामा विशेष गरी तामाङ समुदायको सभ्यताको उद्गमथलो मानिने काभ्रेको तेमालबाट भक्तजनहरुको बढी सहभागिता रहने गर्छ। यसै बीच तेमालजात्रा (बौद्ध जात्रा) को व्यवस्थापनको लागि श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा यस क्षेत्रको विभिन्न संघसंस्थाहरु सदस्य रहने गरी तेमालजात्रा (बौद्ध जात्रा) तेमालव्यवस्थापन समिति २०७३ गठन गरिएको छ । सो जात्राको समुद्घाटन प्रमुख अतिथि श्रद्धेय धर्मगुरु नाम्खा रिन्पोछेज्यूको बाहुलीबाट दीपप्रज्वलन गरी सम्पन्न भएकोे छ । जात्राको अवसरमा रिन्पोछेद्वारा धार्मिक प्रवचनसमेत दिनुभएको छ । यसै अवसरमा आयोजकद्वारा रक्तदान, स्वास्थ्य शिविर संचालन, निःशुल्क पानी वितरण लगायत विविध सांस्कृतिक एवं धार्मिक सम्पन्नभएको छ। कार्यक्रमहरुको संयोजन श्री बौद्धनाथ क्षेत्र विकास समितिले गरेको छ र विभिन्न संघसंस्था। क्लब, स्थानीय समाजसेवी तथा बुद्धिजीवी लगायतको सहकार्यमा लाखौं धर्मावलम्बीहरुको समुपस्थितिमा सम्पन्नभयो ।