चौथो संविधान दिवसको अवसरमा कार्यक्रमहरु आयोजना

नेपाल जनताको त्याग, संघर्ष र बलिदानद्वारा प्राप्त संविधान जारी भएको खुशीयालीमा हामी सबैले संविधान दिवस हर्षोउल्लासका साथ मनाऔं ।

नेपाल सरकर, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा चौथो संविधान दिवसको अवसरमा निम्न कार्यक्रमहरु आयोजना गरियो ।
१. मिति २०७६ आश्विन २ गते विहान बौद्ध क्षेत्रका स्थानीय संघसंस्था सहित बौद्ध महास्तूप परिसमा आयोजित बृहत सरसफाई कार्यक्रम ।

२. मिति २०७६ आश्विन ३ गते विहान पर्यटन बोर्डबाट शुरु हुने बृहत ¥यालीमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी एवम् कर्मचारीहरु सहभागी भई खुल्ला मञ्चको कार्यक्रममा सरिक ।

३. मिति २०७६ आश्विन ३ गते साँझ बौद्ध महास्तूप परिसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम ।