चुच्चेपाटी स्थित ज्याङ्छुप छोर्तेन(बोधी चैत्य/स्तुपा) निर्माण सम्पन्न

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा कामपा- ६ बौद्ध चुच्चेपाटी स्थित शुभारम्भ पार्कमा चुच्चेपाटी दिदिबहिनीहरुको अनुरोध र सक्रियतामा निर्मित ज्याङ्छुप छोर्तेन(बोधी चैत्य/स्तुपा) सम्पन्नताको अवलोकन र निरीक्षण गरियो। उक्त अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्युले आफ्नो कार्यकालमा महिलाहरुलाई पहिलो प्राथमिकतामा राखी महिला सम्बन्धि कार्यक्रम राखेको स्मरण गराउनुको साथै सदैब लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। यस छोर्तेन निर्माण जस्तो पबित्र र पुण्य कार्यमा सहयोग पुरयाउनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी, कालिगड, प्राबिधिक, समितिका पदाधिकारी र कर्मचारीहरुलाई धन्यवाद दिनु भयो।