क्षमा याचना सहित क्षमा पूजा

बौद्ध महास्तूप जीर्णोद्धार गर्नु पूर्व कसैलाई पनि क्षति नपुगोस् र यस्तो प्राकृतिक विपत्ति पुनः नआओस् भनी भगवानमा क्षमा याचना सहित क्षमा पूजा मिति २०७२ जेष्ठ ४ गते सोमबारका दिन श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा परम् पूजनीय ङवाङ लोसाङ्ग रिन्पोछेज्यूको बाहुलीबाट बौद्ध महाचैत्यमा सम्पन्न भयो । उक्त क्षमा पूजाको एक झलक ।